भारतका प्रसिद्ध सर्प उद्धारकर्ता मुरलीवाले खतरामुक्त

जनकपुरधाम, २१ जेठ । विगत केही समययता बढ्दो गर्मी र वर्षायाम शुरु भएसँगै सर्पशदंशका घटनाहरु बढ्दै गएको छ ।

हिजोमात्र कोबरा सर्पलाई उद्धार गर्ने क्रममा भारतका प्रसिद्ध सर्प उद्धारकर्ता तथा युट्युबर मुरलीवाले हौसलालाई गोमन सर्पले उद्धार गर्ने क्रममै टोकेको थियो । युपीको जोनपुर स्थित अस्पतालको आईसीयूमा उनको सघन उपचार भइरहेको जनाइएको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मुरलीवाले वर्षौँदेखि जीवहरूको संरक्षण र सर्पदंशसँग सम्बन्धित अन्धविश्वास हटाउने कार्यमा सक्रिय छन् । उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अस्पतालको आइसियु कक्षबाटै उनले आफ्नै असावधानीका कारण गोमन सर्पले टोकेको स्वीकार गरेका छन् । सर्पको टोकाइबाट जोगिनका लागि सावधानी अपनाउन समेत सर्वधारणलाई आग्रह गरेका छन् ।

सर्वसाधारणले जानकारी गराएलगत्तै त्यहाँ पुगेर जस्तोसुकै सर्पलाई समातेर जंगल वा सुरक्षित स्थानमा छाड्ने काममा सक्रिय छन् । उनले मानवका लागि सर्प आवश्यक रहेकोले मार्नु हुँदैन, जिस्काउनुहुँदैन, टोकेमा झारफुकमा नलागी तत्काल अस्पताल जान सन्देश समेत फैलाउँदैआएका छन् ।

यसैगरी करिब एक महिना अघि मात्र बिहारको समस्तीपुर जिल्लाका ’स्नैक मैन’ जय कुमार सहनीले गोमन सर्पलाई उद्धार गर्ने क्रममा टोकेको थियो । समस्तीपुरको मोरवा प्रखण्डका गुनाई वसही गाउँमा उनको दाहिने हातको औंठामा सर्पले टोकेको थियो । अस्पताल पुग्न ढिलाई भएका कारण सहनीको मृत्यु भएको थियो । सहनीले पाँच वर्षयता दुई हजारभन्दा बढी सर्पको उद्धार गरेका थिए । उनी सर्प उद्धार गर्ने क्रममा नेपाल समेत आउने गरेका छन् ।

गत जेठ १३ गते विराटनगर महानगरपालिका वडा नम्बर ४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने स्पिटिङ कोब्रा फेला परेको थियो ।  सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका थिए । उद्धारका क्रममा सर्पले परैबाट विष फाल्दा महानगरपालिकाका उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको थियो । कोशी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा उनको उपचार गरिएको छ ।

चिकित्सकका अनुसार बढ्दो गर्मी र वर्षायाममा सर्पको टोकाइबाट जोगिनका लागि सावधानी अपनाउनु आवश्यक छ । कुनै कारणवश सर्पले टोकेमा झारफुकमा नलागी घाइतेलाई तत्काल अस्पताल पुर्याउन सर्वसाधारणमा अपील गरिएको छ ।

सर्प उद्धारकार्यमा संलग्न व्यक्तिहरुले समेत विषालु सर्पको उद्धारमा जानुपर्दा सावधानी अपनाउनुपर्ने पछिल्ला घटनाहरुले देखाएको छ । सुरक्षा तथा बन्दोबस्तीका सामग्रीहरुका साथ मात्र उक्त कार्य गर्नपर्ने विज्ञहरुको सुझाव छ । Pic. amarujala.com

Author:



क्याटोगरी छान्‍नुहोस