मधेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

जनकपुरधाम, २२ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो । मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहका अनुसार यसपटकको नीति तथा कार्यक्रम विगतका वर्षहरूको भन्दा फरक ढंगले प्रस्तुत गरिनेछ । उनका अनुसार “इन्टर कनेक्टेड वे“ अवधारणामा आधारित नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको छ । आगामी वर्षका नीति तथा कार्यक्रमहरूमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीमा व्यवसायीकरणलाई प्राथमिकता दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस