राजविराज, २१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर¨को बिराटनगर पुगेर मतदान गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले बिहीबार मोर¨को बिराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित जतुवा मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । आफूले चुनाव लडेका निर्वाचन क्षेत्र अन्तर्गतका मतदान केन्द्रहरु पुगेर मतदान स्थलको अवस्थाबारे जानकारी लिएका थिए ।
निर्वाचन क्षेत्रको अवलोकन पश्चात उनी बेलुका जतुवा मतदान केन्द्र पुगेर मतदान गरेको जनाएका छन् ।