सप्तरी–४ मा रास्वपाका सिताराम साहको अग्रता

राजविराज । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह अग्रस्थानमा रहेका छन्।

हालसम्म प्राप्त मतपरिणामअनुसार साहले ३ हजार ६८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ६३६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, अन्य उम्मेदवारमध्ये वाँवी सिंहले ९५५ मत, रुवीकुमारी कर्णले २३४ मत, गंगा प्रसाद चौधरीले १७६ मत तथा जितेन्द्रकुमार साहले ८२ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ४ मा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस