सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ

राजविराज, २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित शुक्रवार रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

जग्गाको कित्ता काट गरी दिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस रकम माग गरेको भन्दै आयोगमा परेको निवेदनको अनुसार खटिएको टोलीले चिया पसलमा रकम लिदै गर्दा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780