प्रदेश १ का धेरै र २ का केही स्थानमा हल्का वर्षाको सम्भावना

राजविराज, २४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज देशभर मौसम बदली भएको जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार आज सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको पूर्वानुमान छ । त्यसैगरी राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस