नेपाल रजक सेवा समाज सप्तरीको अध्यक्षमा भुवनेश्वर

राजविराज । सप्तरीमा भुवनेश्वर साफीको अध्यक्षतामा नेपाल रजक सेवा समाजको तदर्थ समिति गठन भएको छ । राजविराजमा शुक्रवार नेपाल रजक सेवा समाजको जिल्लास्तरीय भेलाले तदर्थ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा रविन्द्रकुमार रजक, सचिवमा रामानन्द रजक, कोषाध्यक्षमा अर्जना रजक, सह–सचिवमा पाण्डु रजक सर्वसम्मतले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मोहनी साफी, सरितादेवी रजक, रतिकुमार साफी, शिवकिसुन रजक, रासलाल साफी र जिवछ रजक छन् ।

समितिको सल्लाहकार सदस्यहरुमा विन्देश्वर साफी, चन्द्रशेखर साफी, हिरालाल रजक, विन्देश्वर साफी, सत्यनारायण साफी, डम्वर साफी र फूलकुमार सर्वसम्मतले चयन भएको जनाएको छ ।

यसअघि भुवनेश्वर साफीकै अध्यक्षता तथा रुपनारायण साफीको प्रमुख अतिथ्यमा भेलाको आयोजना भएको थियो । भेलामा विशेष अतिथीद्वय रामवरण साफी र राजकुमार बैठा, पुनदेव रजक, पुन्देश्वरी साफी, रामानन्द रजक, कन्तलाल रजक, डमर रजक, शिवकिसुन रजक लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस