राजविराज र दैलेखबाट आज एकसाथै राष्ट्रिय दलित मुक्ती जागरण अभियान सुरु हुँदै

राजविराज, १ फागुन । पूर्वमा राजविराज र पश्चिममा दैलेखबाट बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान आज सुरु हुँदैछ । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा अभियान सुरु गर्न लागिएको हो ।

‘पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहे । तर, दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन्’ अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले भने–‘पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना आदी–आदी ।’

यस्ता घटनाहरुलाई मध्येनजर गर्दै न्याय, मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता आइलागेको उनले बताए । साथै ओली सरकारले पछिल्लो पटक चालेको प्रतिगामी कदमको विरुद्ध राजविराजमा गर्न लागेको अभियानमा आज २५ हजारभन्दा बढीलाई सहभागी गराउने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले बताए ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस