आज केही स्थानमा हल्का वर्षा हुने सम्भावना, कस्तो रहला तीन दिनको मौसम ?

जनकपुरधाम । नेपालमा पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुनमान महाशाखाका अनुसार शनिवार दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षा हुनेछ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कस्तो रहला तीन दिनको मौसम ?

फाल्गुन ०१ गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०२ गते (आईतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Author:



क्याटोगरी छान्‍नुहोस