प्रदेश सञ्चार अध्यक्षहरुलाई नियुक्ति–पत्रः उदाहरणीय कार्य गर्न कानून मन्त्रीद्वारा निर्देशन

जनकपुरधाम, ३० माघ । प्रदेश २ सरकारद्वारा गठन गरिएको सञ्चार क्षेत्रको तीन निकायका अध्यक्षहरुलाई विहीबार नियुक्ति–पत्र प्रदान गरिएको छ ।

जनकपुरधामको मधेश भवन स्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई र चलचित्र तथा लोक सञ्चालन प्रवद्र्धन बोर्डका अध्यक्ष धर्मेन्द्र मोरबैतालाई नियुक्ति–पत्र प्रदान गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले तीनै जना अध्यक्षहरुलाई नियुक्ति–पत्र प्रदान गर्दै सफल कार्यकालको कामना गर्दै शुरुवातको चरण भएको भन्दै चुनौती रहे पनि सामना गर्दै अगाडि बढ्न निर्देशन दिए । उनले एक साताभित्र कार्यालय व्यवस्थापन गरी प्रदेश सरकारले दिएको जिम्मेवारी पुरा गर्न योजना बनाएर अगाडि बढ्न निर्देशन दिँदै सञ्चार तथा कला क्षेत्रमा नमूना काम गर्न शुभकामना दिए ।

उक्त कार्यक्रमका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, उप–सचिव अवधकिशोर कुशवाहा लगायतले नव नियुक्त अध्यक्षहरुलाई उदाहरणीय कार्यकालकालागि शुभकामना दिए । प्रदेश सरकार मन्त्री परिषद्को गत माघ २३ गतेको निर्णय अनुसार अध्यक्षहरुको चयन गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780