आजदेखि दोश्रो प्राथमिकतामा परेकालाई खोप लगाइँदै

जनकपुर । नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आइतबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

त्यसैगरी, काठमाडौंबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि अग्रमोर्चामा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस