ज्यामीको काम गर्ने क्रममा सप्तरीका एक युवकको करेन्ट लागेर मृत्यु

विराटनगर, ३ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको मिक्लाजुङ–६ स्थित मिक्लु खोलामा निर्माणधिन पुलमा ज्यामीको रुपमा काम गर्दै आएका वडा नम्वर ४ का रोहत २२ वर्षीय रोहत साहको मृत्यु भएको हो ।

आइतवार मोटर चलाउने क्रममा विधुत सर्ट भएर साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर भएका साहको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस