संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने दुई विकल्पः निधि

राजविराज, ३ फागुन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुर्नस्थापना वा गठन नै मुलुकमा संघीय लोकतान्तिक गणतन्त्रलाई रक्षा गर्ने विकल्प रहेको बताएका छन् । सप्तरीको राजविराजमा सोमवार आयोजना गरिएको जिल्ला स्तरीय विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदमले संघीय लोकतान्तिक गणतन्त्र नै धरापमा पर्ने खतरा बढेको छ’ उनले भने–‘वर्तमान परिस्थितीमा संघीय लोकतान्तिक गणतन्त्रलाई रक्षा गर्नु नै सबैको दायित्व हो, जसको दुई वटा विकल्प मात्रै छ । पहिलो त प्रतिनिधिसभा पुर्नस्थापना वा प्रतिनिधिसभा गठन ।’

उनले ती दुई विकल्प बाहेक अन्य कुनै पनि कुरा आए आफुहरुलाई अस्वीकार्य हुने जिकिर गरे । ‘अहिले प्रतिनिधिसभा पुर्नस्थापना अदालतको हातमा रहेको छ भने निर्वाचनबाट प्रतिनिधिसभा गठन हुने भएकाले त्यो जनताकै हातमा छ’ उनले थपे–‘अन्य कुनै पनि कुरा भए संघीय लोकतान्तिक गणतन्त्रमाथि नै खतरा बढ्ने हुनाले आफुहरु चुप लागेर बस्दैनौं ।’

उनले निर्वाचन वा थप सशक्त आन्दोलन दुवैकालागि तयार बस्न नेता/कार्यकर्ताहरुमा आह्वान गरे । ‘कम्युनिष्ट पार्टी सुरुदेखि नै संघीयताको विरोध गर्दैछन्, उनीहरुलाई संघीयता चाहिएको पनि छैन्, स्वयम प्रधानमन्त्री ओलीले पनि नै कतियौं पटक संघीयताको विरोध गरिसकेका छन्’ उनले भने–‘हामीलाई संघीयताको रक्षा गर्नु छ, त्यसैले निर्वाचन वा थप सशक्त आन्दोलन दुवैकालागि तयार बस्नुस् ।’

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित विरोधसभामा पूर्वमन्त्रीहरु रामकुमार चौधरी, हेमराज तातैड र रमणिदेवी राम, तत्कालिन पूर्व जिविस सभापति विरबल विराजी, मुस्मिल संघका केन्द्रीय उपाध्यक्ष फतेह मोहम्मद, प्रदेश सांसद मो.समिमले ओली नेतृत्वको सरकारले मुलुकमा निरंकुशता लादन खोजेको आरोप लगाएका छन् ।

यसैगरी, क्षेत्रीय सभापतिहरु क्षेत्र नं. १ का बद्री महात्मान, २ का महानन्द यादव, ३ का रामप्रसाद मण्डल, ४ का किरण भगत, प्रतिनिधिसभाका प्रत्यासीहरु भगवती प्रसाद यादव र रामदेव साह, प्रदेशसभाका प्रत्यासी भगवती प्रसाद यादव, खेलकुद ड्रेड युनियनका केन्द्रीय सदस्य मनोजकुमार मण्डल, खेलकुद विकागका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नेविसंघका धनानन्द यादव लगायतले प्रतिनिधिसभा विघटनको विरोध गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस