बहुविवाह विरुद्ध पत्नी उभिएपछि पति जेल चलान ! 

राजविराज, ३ फागुन । सप्तरीमा बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादीलाई १ वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–७ बसनपट्टीका २८ वर्षीय उमेश चौधरी छन् ।

ईलाका प्रहरी कार्यालय कडरबोनाबाट आइतवार खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । चौधरीमाथि उनकै जेठी पत्नी सिरहाको लहान नगरपालिका–२३ की २१ वर्षीया पुनिता कुमारी चौधरीले ०७६ भदौ ८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।

चौधरी ०७६ साउन २७ गते बहुविवाह गरेको जाहेरीमा छ । जाहेरीको आधारमा ०७६ भदौ १२ गते चौधरीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशबाट ५० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएकोमा अदालतको पुस ८ गते भएको फैसलाले ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद ठहर भएपछि चौधरी फरार भएका थिए ।

पक्राउ गरिएको चौधरीलाई आज सप्तरी जिल्ला अदालतमा दाखिला गराइएकोमा कैद भुक्तानी गर्न अदालतबाट आदेश भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस