काँग्रेसी नेताकानिम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद : डा.भट्टराई

जनकपुरधाम, ४ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केही काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनकै चुनाव हुनु दुःखद रहेको धारणा राखेका छन् । उनले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै चुनाव गर्नुपर्ने काँग्रेसका नेताहरुको अभिव्यक्ति प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले लेखेका छन्,–‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताकानिम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाककदा (भैहालेमा!) संविधान धरापमा पर्छ, संसद पुनस्र्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ ! किन नबुझेको?कि सेटिंग नै हो?’

Author:



क्याटोगरी छान्‍नुहोस