बोदे बरसाईनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकले ज्यान गुमाए

उमेश कुमार साह
बोदे बरसाईन, ६ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा आज साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । अनियन्त्रित भएर स ११ प ४६४३ नम्वरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक खडक नगरपालिका–९ लालपट्टीका ३१ वर्षीय मोहम्मद लियाकत अलीको मृत्यु भएको छ । गम्भीर घाइते भएका लियाकतको उपचारको लागि बोदे बरसाईनस्थित जीवनदिप हस्पिटलतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका इन्चार्ज अरुण सिंहले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस