सप्तरीमा सरकारी कर्मचारीकै अटेरीले निर्वाचनको तयारी प्रभावित !

राजविराज, ६ फागुन । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । तर, सप्तरीका केही सरकारी कर्मचारीहरुकै अटेरका कारण निर्वाचनको पूर्व तयारी प्रभावित भइरहेको पाइएको छ ।

निर्वाचन केन्द्रीय पूर्व तयारी गर्न गृह मन्त्रालयको माघ २ गतेको पत्रअनुसार जिल्ला प्रशासन कार्यालयमा सप्तरीका सवै सरकारी कार्यालय र स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागीतामा बसेको बैठकबाट ७ वटा निर्णय भए ।

गत माघ ६ गते भएको निर्णयको बुँदा २ अनुसार सवै कार्यालयहरुले आ–आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण ३ दिनभित्र तयार गरेर निर्वाचन कार्यालयमा पठाउनुपर्ने थियो । तर, एक महिना वितिसक्दा पनि कर्मचारीहरुले विवरण पठाएको छैन् ।

कर्मचारीहरुको अटेरलाई मध्यनजर गर्दै गत बुधवार (फागुन ५ गते) जिल्ला प्रशासन कार्यालयले पुनः विवरण पठाउन ताकेदा गरेको छ । कार्यालयमा सवै सरकारी कार्यालय र स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागीतामा बसेको बैठकबाट ताकेदा गर्न निर्णय नै गरिएको छ ।

‘माघ ६ मा सम्पन्न कार्यालय प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको बैठकबाट भएको निर्णय विपरीत हालसम्म पनि कर्मचारी विवरण नपठाएका कार्यालयहरुले अविलम्ब सो विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाई सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउने’ निर्णयमा उल्लेख छ ।

यता, जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले अझै करिब १५ कार्यालयबाट कर्मचारीहरुको विवरण आउन नसकेको बताए । ‘३६/३७ वटा कार्यालयहरुको कर्मचारी विवरण आइसकेको छ’ उनले मधेश लाइभसँग भने–‘करिब १५ कार्यालयले अझै विवरण पठाइसकेको छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780