आज ९६ कोरोना संक्रमित थपिए, १११ जना डिस्चार्ज

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६०३ छ । यसैगरी २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएर हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस