दलितमाथि हुने विभेदलाई सम्वोधन गर्न प्रदेश स्तरीय समिति गठन

जनकपुर, ६ फागुन । प्रदेश २ मा दलितमाथि हुने विभेदलाई सम्वोधन गर्न प्रदेश स्तरीय संयन्त्र तयार भएको छ । विहिवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दलितमाथि हुने विभेदलाई सम्वोधन गर्न दलित विकास समिति गठन गरिएको हो ।

सामाजिक विकास मन्त्री नै अध्यक्ष रहने गरी दलित सशक्तीकरण ऐनको व्यवस्थाअनुसार समितिको उपाध्यक्षमा रामप्रवेश बैठा नियुक्त भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सेवकी देवी दास (सिरहा), श्यामसुन्दर सरदार (सप्तरी), राजकुमार दास तत्मा (रौतहट), सुनिता मरिक (सिरहा) लगायत नियुक्त भएको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।

समितिले प्रदेशमा रहेको दलित समुदायको हकअधिकार क्षेत्रमा कार्य गर्ने जनाइएको छ । यसैगरी जातीय छुवाछुत उच्च स्तरीय अनुगमन समितिको सदस्यमा राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासवानलाई मनोनित गरिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780