प्रतिनिधिसभा विघटन विरुद्ध जसपाद्वारा थप जनसषर्घका कार्यक्रम सार्वजनिक

जनकपुरधाम, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलित जनता समाजवादी पार्टी (जसपा) नेपालले पुनः जनप्रदर्शन र विरोधसभा गर्ने सार्वजनिक गरेको छ ।

मंगलवार पार्टीका पदाधिकारीहरुको बैठकले आइतवार (फागुन ९ गते) देशभर जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको छ ।

जनसघर्षतहत काठमाडौंस्थित रत्नपार्कमा पार्टी निकट सवै भातृ तथा जनसंगठनहरु र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन र विरोधसभा गर्ने पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस