प्रदेश १, २ र ३ मा मौसम बदली, अपरान्हपछि हल्का वर्षा हुने सम्भावना

जनकपुरधाम । नेपालमा पश्चिमी वायुको प्रभावले प्रदेश १, २ र ३ लगायत पहाडी र हिमाली भु–भागहरुमा मौसम बदली हुने र अपरान्हपछि हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमानले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विहिवार जारी गरेको पूर्वानुमानअनुसार उच्च पहाडी र हिमाली भु–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना गरिएको छ ।

कस्तो रहला तीन दिनको मौसम ?

फाल्गुन ०६ गते (विहीबार)
दिउँसोः प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फाल्गुन ०७ गते (शुक्रबार)
दिउँसोः प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

रातीः प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फाल्गुन ०८ गते (आइतबार)
दिउँसोः प्रदेश न १, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस