प्रदेश २ मा ८० जना स्टाफ नर्स र अनमीमा जागिर खुल्यो (सूचनासहित)

राजविराज, ५ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्रालयले करारमा पदपुर्ति गर्न स्टाफ नर्स र अनमी गरी ८० जना माग गरेको छ ।

मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले ‘स्वास्थ्य सुदृढीकरण र बेटी बढाउ, बेटी बचाउ कार्यक्रमलाई सहयोग पुर्याउन प्रदेशका विद्यालयहरुमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रम’कालागि स्वास्थ्यकर्मी भर्ना लिन लागेको हो । निर्देशनालयले बुधवार सूचना जारी गर्दै ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा रहने गरी लिन लागेको नर्स र अनमीको आवेदन भर्न १५ दिनको समय दिएको छ ।

विद्यालय नर्स सेवा समूह अन्तर्गत आह्वान गरिएको आवेदनमा ४० वटा खुल्ला, २१ वटा मधेशी, ७ वटा दलित, ५ वटा मुस्मिल, २/२ वटा आदिवासी जनजाती, थारु तथा विपन्न आर्य खश र १ वटा अपाङ्गको लागि कोटा निर्धारण गरिएको छ ।

हेर्नुहोस् सूचना र फारामः

S17z98DAEqjyeKBw
Author:



क्याटोगरी छान्‍नुहोस