‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना, मुख्यमन्त्री राउत र मन्त्री साहद्वारा उद्घाटन

जनकपुरधाम, ५ फागुन । जनकपुरधाममा ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भएको छ । बुधवार एक समारोहका बीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा प्रतिष्ठानको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस प्रदेशका जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान स्थापना गरिएको बताए । ‘प्रादेशिक गौरवको रुपमा प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरेको छ, यसले प्रदेशभरिका जनताले सहजै स्वास्थ्य सेवा पाउने हाम्रो विश्वास छ ।’

गत माघ १८ गते प्रदेश सरकारले प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस