नेपाल ईन्जिनियर एशोसिएसन विरगंजद्वारा श्रद्धाञ्जली सभाको आयोजना

विरगंज । नेपाल ईन्जिनियर एशोसिएसन विरगंज केन्द्र, प्रदेश २ ले बुधवार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । एशोसिएसन विरगंजका पूर्व अध्यक्ष अवधेश तिवारी र पूर्व सचिव माधुरी यादवको स्मृतीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

विरगंजस्थित बुद्ध फाउण्डेशन कलेजको सभाहलमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा दुवै जनाको स्मृतीमा दिप प्रज्वलन पनि गरिएको छ ।

ईन्जिनियर उमेश गुप्ता रौनीयारको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा पूर्व सभासद ई. आत्माराम साह, प्याबशन पर्साका अध्यक्ष डा.हरिशंकर साहसहित प्रदेशभरि ५१ जना ईन्जिनियरहरुको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस