सञ्चारकर्मीको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरीः उपराष्ट्रपति पुन

जनकपुरधाम । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको बताए ।

‘जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्न पनि श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी छ’ उनले भने–‘श्रमजिवी सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण होस् ।’

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस