सप्तरीमा दुई वर्षिय बालकको छतबाट लडेर मृत्यु

राजविराज, ५ फागुन । सप्तरीको डाकनेश्वरी नगरपालिकामा मंगलवार साँझ एक बालकको छतबाट लडेर मृत्यु भएको छ । वडा नम्वर–१० बनौलाका खुशिलाल मण्डलको २ वर्षिय छोरा दिपक मण्डलको छतबाट लडेर मृत्यु भएको हो ।

छतबाट लडेर घाइते भएका बालकको उपचारको लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

शव शल्यक्रियाकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस