‘टिकटक’मा जम्दै राजविराजकी दिला यादव !

राजविराज । ‘टिकटकमा प्रोफाइल बनाएको धेरै भा’छैन् । तर, केही साना–साना भिडिओहरु अपलोड गरिरहन्छु । ती भिडिओ धेरैले मन पराएका छन् पनि’ उनी भन्छिन्–‘तर टिकटकबाटै स्टार बन्ने रहर चैं छैन्, रमाइलोको लागि मात्रै हो ।’

नृत्यदेखि अभिनयसम्म गर्न मिल्ने सार्वजनिक मञ्च ‘टिकटक’मा लोकप्रिय नाम हो–दिला यादव । राजविराजकी १९ वर्षीया दिलाले टिकटकमा रमाइलो गर्ने उद्देश्यले नै प्रोफाइल बनाएको एक वर्ष भएको छ । सो अवधिमा दिलाले ४०÷४२ वटा रचनात्मक र रमाइला भिडिओहरु अपलोड गरेकी छन् ।

उसो त फुर्सद काट्ने बहानामा बनाएका ‘टिकटक’ भिडिओमार्फत् धेरै गुमनाम मान्छेहरू रातारात भाइरल भइसकेका छन् । कमैले सुनेका दर्जनौं गीत–संगीत रातारात चर्चित पनि बनेका छन् । टिकटकबाटै धेरै नयाँ कलाकारहरू नउदाएका पनि होइन् ।

‘अहिले मेरो प्रोफाइलमा झण्डै २४ हजार फ्लोअर्स र ४ लाख ४८ हजार लाइक छन् र अझै धमाधम बढिरहेका छन् पनि’ उनी भन्छिन्–‘मैले एउटा हिन्दी गीतमा भिडिओ बनाएर टिकटक सुरु गरेको थिए, अहिले प्रायजसो हिन्दी, नेपाली, मैथिली लगायतका गीत तथा डाइलगमा भिडिओहरु बनाउँछु ।’ ‘दिलायादव०३’ नाम दिएको उनको प्राफाइलबाट अपलोड गरिएको भिडिओमा लाखौं ‘लाइक’ छन् ।

उनको सबभन्दा रूचाइएको भिडिओ हो–‘हमरो बलम जी के नामी नामी केश छनि…’ । जनकपुर निवासी बलिउडका म्युजिक डाइरेकटर प्रवेश मलिकद्वारा लिखित र नेहा पृयदर्शिनीको गायनमा रहेको सो मैथिली गीतलाई ब्याकग्राउण्डमा राखेर तयार गरिएको ‘शान्त माहोल भि बबाल लगौछै, हमर बला गुस्सा मे कमाल लागैछै’ नामक डाइलगमा दिलाले बनाएको भिडिओ ४० हजारबढीले हेरिसकेका छन् भने ६ हजारबढीले लाइक गरेका छन् ।

विराटनगरस्थित शिक्षादिप कलेजबाट विज्ञान विषय लिएर भर्खरै प्लस टु सकाएकी दिला मधेशलाइभसँग कुराकानी गर्दै भनिन्–‘टिकटक रमाइलोको लागि मात्रै हो, सेलिब्रेटी बन्ने चाहना भने छैन् ।’

उनी थप्छिन्–‘तराई मधेशका छोरीले पनि समाजका लागि केही गर्न सक्छ भने सपना बोकेर अघि बढेको छु, भविष्यमा डाक्टर बनेर समाजको सेवा गर्ने इच्छा छ ।’ त्यसको लागि ‘एमबीबीएस’मा प्रवेश पाउन अहिले म तयारीमा लागेको छु, दिलाले भनिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस