मध्यदेशीय साहित्य संघ गठन, अध्यक्षमा झा

राजविराज । सप्तरीमा मध्यदेशीय साहित्य संघ गठन भएको छ । मध्यदेशीय भाषा, संस्कृति र साहित्यको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले संघको गठन भएको हो ।

मंगलबार राजविराजमा आयोजना गरिएको लेखक एवं साहित्यकारहरुको भेलाले उपेन्द्र झाको अध्यक्षतामा ७ सदस्यीय मध्यदेशीय साहित्य संघ गठन भएका जनाइएको छ । संघको उपाध्यक्षमा संतोष कुमार चौधरी, महासचिवमा अजयकुमार झा, सचिवमा ध्रुवकुमार मण्डल सर्वसम्मतले चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा श्याम सुन्दर यादव, विद्यासागर साह र माला कर्णलाई चयन गरिएको जनाएको छ । संघले मध्यदेशीय भाषा, संस्कृति र साहित्यको अध्ययन, अनुसंधान, संग्रह एवं प्रकाशन तथा मध्यदेशीय भाषा एवं संस्कृतिका लेखकहरुलाई संगठित अघि बढ्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस