प्रधानमन्त्रीले आइतबार कोभिड–१९ विरुद्धको खोप लगाउने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तरक्रियामा सो कुराको जानकारी गराएको छ ।

प्रधानमन्त्रीले विहान शिक्षण अस्पतालमा पुगेर कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउने अभियान दोस्रो चरण सुरु हुनेछ ।

आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुकासाथै ६५ वर्षमाथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस