आन्दोलनको बेला बन्द भएका रेडियोहरु सञ्चालनमा ल्याउँछौं : मन्त्री यादव

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मुलुकमा संघीय गणतान्त्रिक लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको अति महत्वपूर्ण योगदान रहेको बताएका छन् । शुक्रवार जनकपुरमा आयोजना गरिएको ‘प्रदेश २ का सामूदायिक रेडियोको समस्या र समाधान विषयक कार्यशाला’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले कदापी पनि विर्सेका छैनौं, मुलुकमा संघीय गणतान्त्रिक लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको अति महत्वपूर्ण योगदान छ/रह्यो’ उनले भने–‘तद्यपी, प्रदेश सरकारबाट सञ्चार क्षेत्रमा गर्नुपर्ने सहयोग गर्न नसकिएको छैन् । यसमा हामी दुःखी छौं ।’

सञ्चारमैत्री प्रदेश बनाउने हाम्रो लक्ष्य रहेको भन्दै मन्त्री यादवले यसै कार्यमा गम्भीरताका साथ लागेको बताए । ‘सञ्चार क्षेत्रकालागि अझैसम्म हामीले केही सकेनौं, यी यावतका विषयहरु सोचर कति रात वितेको छ, निन्द्रा पनि लाग्दैन’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यादवले भने–‘तर गम्भीरताका साथ गृह कार्यमा लागेका छौं र सञ्चारमैत्री प्रदेश बनाउछौं पनि ।’

अहिले हामी कानून निर्माणको चरणमा रहेको बताउँदै मन्त्री यादवले कार्य संपादनको चरणमा पुगेसँगै सञ्चार क्षेत्रको प्रवद्र्धनमा कटिवद्ध भएर कार्य गर्ने प्रतिवद्धता जनाए ।

आन्दोलनमा बन्द भएका रेडियोहरु सञ्चालन गराइने

मन्त्री यादवले संघीय गणतान्त्रिक लोकतन्त्र स्थानार्थ भएका विभिन्न आन्दोलनको बेला बन्द भएका समूदायिक रेडियोहरु सञ्चालन गराउने बताएका छन् । आम सञ्चार प्राधिकरणको समन्वय र सामूदायिक रेडियो प्रसारक संघ प्रदेश २ को सहकार्यमा आयोजना गरिएको सो कार्यशालाका सहभागीहरु रेडियो बन्द रहेको विषयमा जानकारी गराएका थिए ।

कार्यशालामा बोल्दै मन्त्री यादवले भने–‘आन्दोलनको बेला बन्द भएका वा गराएका रेडियोहरुको समस्या वुझेर सञ्चालनमा ल्याउँछौं र बाँकी रहेको कर पनि सरकारले नै फछ्र्यौैट गर्नेछ ।’ उनले कार्यक्रममा उपस्थित रहेका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलाई रेडियो सञ्चालनमा पहल गर्न निर्देशन दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस