कस्तो रहला तीन दिनसम्मको मौसम ?

जनकपुरधाम । जल तथा मौसम पूर्वानुमाान महाशाखाले शनिवार मौसम सम्बन्धि पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानअनुसार शनिवार पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

फागुन २२ गते (शनिबार)

दिउँसो: प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

राति: प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २३ गते (आईतबार)

दिउँसो: देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति: प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २४ गते (सोमबार)

दिउँसो: प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति: देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस