छिन्नमस्ता भगवतीलाई चाँदीको मास्क !

राजविराज, २१ फागुन । सप्तरीस्थित छिन्नमस्ता भगवतीलाई एक भक्तले चाँदीको मास्कको चढाएको छ । कोरोना संक्रमित भएर सिकिस्त भएको बेला कौवला (भाकल) गरेपछि निको भएको भन्दै भक्तले चाँदीको मास्क चढाएको हो ।

मन्दिरका पिठाधिस महाकान्त ठाकुरका अनुसार राजविराजका एक होटल व्यवसायीले मातालाई चाँदीको मास्क चढाएको हो ।

‘भक्तले बताएअनुसार कोरोनाबाट अति सिकिस्त भइसकेको थिए, र सोही बेला निको भएपछि मातालाई चाँदीको मास्क चढाउने कौवला गरेको थियो ।’ उनले मधेशलाइभलाई भने ‘सोही अनुसार उहाँले मातालाई छ तोला छ आना चाँदीको मास्क चढाएको भक्तले बताउँनुभयो ।’

तस्विरः अविनाश प्याकुरेलको फेसबूक वालबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस