सप्तरीमा कञ्चनपुर–कमला चार लेन सडक विस्तार कार्य सुरु

राजविराज, २३ फागुन । कमला-कञ्चनपुरसम्म निर्माण हुने चार लेन सडकको विस्तार कार्य सप्तरीमा सुरु भएको छ । पूर्व-पश्चिम राजमार्गलाई धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकलाई चार लेनमा विस्तार गर्न लागेको हो ।

रुपनी बजारदेखि पूर्वतर्फबाट सडक विस्तार कार्य गरिएको छ । सडक विभाग एसियाली विकास बैंक (एडीबी) निर्देशनालयका अनुसार झण्डै १५ अर्ब रुपैयाँमा काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीले सडक निर्माणको ठेक्का पाएसँगै सडक विस्तार कार्य सुरु भएको हो । कुल ८६ दशमलव ८२ किलोमिटर निर्माण हुन लागेको सडक दायाँ र बायाँ दुई/दुई लेन गरी चार लेनको हुनेछ ।

दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन (सडकको बीचमा छाडिने खाली भाग) बनाइनेछ । विस्तारित सडकको दुईतर्फ ७/७ मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर चौडा हुने जनाएको छ ।

मुख्य सडकको दुईतर्फ ४/४ मिटर ठाउँ हरियालीका लागि छुट्याइनेछ । उक्त भागमा बिरुवा रोपेर सडकलाई हरियो बनाउने निर्देशनालयको योजना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस