लोकतन्त्र रक्षाको लागि सबैलाई एकजुट हुनुपर्छ : डा.राउत

उमेश कुमार साह
बोदे बरसाईन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लोकतन्त्र रक्षाको लागि सवै राजनितिक दललाई एकजुट भएर अघि आउनुपर्नेमा जोड दिएका छन् । सप्तरीको बोदे बरसाईन नगरपालिकामा शनिवार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान परिस्थितीमा लोकतन्त्रमाथि खतरा बढेको छ’ उनले भने–‘राजनितिक गर्नैकालागि पनि लोकतन्त्र कायम रहनु जरुरी छ र यसैले पछाडि पारिएका दलित, जनजाति आदीवासी, मुस्लिम, महिला लगायतका पछाडि पारिएका जनताको अधिकार प्राप्ति र मधेशको विकास हुन्छ पनि ।’ त्यसैले अहिले आवश्यकता नै लोकतन्त्र रक्षाको लागि सवै राजनितिक दललाई एकजुट भएर अघि आउनुपर्छ, उनले भने ।

जनमत पार्टी बोदे बसाईन नगर संयोजक ई.आलोक सागरको अध्यक्षतामा आयोजना गरिएको आमसभामा पार्टीका केन्द्रीय सदस्य एवं वरिष्ठ नेता अबदुल खान, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख संजय यादव, गैर आवासीय मधेसी संघ अमेरिका प्रतिनिधि इन्द्रजित यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेसी लगायतले सम्बोधन गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५ सय जना जनमत पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशिकाहरुलाई अध्यक्ष डा.राउतले टिका र माला लगाएर स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस