महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्षमा देवकोटा

राजविराज । महिला मानव अधिकार रक्षक सञ्जाल शाखा सप्तरीको शनिवार प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सञ्जाल शाखा सप्तरीकी अध्यक्षमा अनीता देवकोटा सर्वसम्मतले चयन भएकी छन् ।

एकल महिला समूहकी अध्यक्ष देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको जनाएको छ । समितिको उपाध्यक्षमा सञ्चारकर्मी सुधा देव, सचिवमा एकल महिला समूहकी माधवी शाह, सहसचिवमा अधिवक्ता मनु खनाल र कोषाध्यक्षमा सप्तरी सामुदायिक सेवा केन्द्रकी ललीता कर्ण चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मालती चौधरी, ज्ञानु भट्टराई, बबीता देव, सुष्मा गुप्ता, राजकुमारी साह, पुनम पोखरेल, सुनैरवती यादव, गीता पाण्डे, साधना कर्ण, बेबी गुप्ता, कमला खनाल, प्रियासिंह चौधरी रहेको जनाएको छ । समितिको सल्लाहकारहरुमा महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधी मनोहर पोखरेल र दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झा छन् ।

देवकोटाकै अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनमा प्रमुख अतिथी मञ्जु श्रेष्ठ, अतिथीहरू मनोहर पोखरेल र करुणा झाले महिलाका अवस्थाका बारेमा बोल्दै महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे ।

Author:



क्याटोगरी छान्‍नुहोस