सप्तरीमा मोटरसाइकलको ठक्करबाट राम मन्दिरका पूजारीको मृत्यु

राजविराज, २३ फागुन । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएर उपचारार्थ अस्पतालमा भर्ना रहेका एक पूजारीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही गोनाही नगरपालिका–९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दास रहेका छन् । दास ईटवालस्थित राम मन्दिरका महन्थ थिए ।

गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास गम्भीर घाइते भएका थिए । रुपनीस्थित युनिक अस्पतालमा दासको उपचारपछि थप उपचारको लागी विराटनगरस्थित बिराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा विहान छ बजेट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । मोटरसाइकल चालक शम्भुनाथ–६ का ३० वर्षीय मो.रमजानी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस