राजविराज, ११ चैत । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–३ पार्ताहामा गए राति ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ को ३३ प ७७१६ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना ७ ख ९३३९ नम्वरको ट्रकले ठक्करले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा कंचनरुप नगरपालिका–५ का २० वर्षीय देब कुमार चौधरीको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दिए ।
उनका अनुसार दुर्घटना घाइते भएका सोही ठाउँका १९ वर्षीय प्रदिप मुखियाको उपचारको लागि पठाइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लले बताए ।