मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव लिन एमालेको निर्देशन

विराटनगर, ११ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दलका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधवार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले निर्देशन दिएको हो ।

प्रदेशसभामा एमालेका ५१ जना सांसदहरु छन् । कुल ९३ सदस्यीय प्रदेशसभामा स्पष्ट बहुमत रहेको नेकपा एमालेका २१ र नेकपा माओवादी केन्द्रका १६ जना गरी ३७ जना सांसदले तात्कालीन अवस्थामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी दर्ता गराएका थिए ।

हस्ताक्षर गरेकाहरुमध्ये ६ जनाले यस अघि नै फिर्ता गरिसकेका छन् भने बाँकी १५ जना हस्ताक्षरकर्तालाई पनि हस्ताक्षर फिर्ता गर्न निर्देशन दिइएको हो । दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसलाबाट खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि पहिलो पटक सत्तारुढ दल एमालेको बैठक बसेको छ ।

बैठकले नेकपा एमालेको संसदीय दलको विधानसमेत पारित गरेको छ भने विधान एमालेको प्रदेश कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस