पत्रकार महासंघ सप्तरीको विज्ञप्ती प्रति तीन वटा संगठनको आपत्ति

राजविराज, ११ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीबाट नयाँ र सदस्यता नवीकरणको विषयमा मंगलवार निकालिएको विज्ञप्ती प्रति तीन वटा संगठनले आपत्ति जनाएको छ । प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनको शाखा सप्तरीले बुधवार विज्ञप्ती जारी आपत्ति जनाएको हो ।

‘महासंघ शाखाको निर्णय भनि प्रकाशित प्रेस विज्ञप्ती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘शाखाले वेवास्ता गरेका, नवीकरण गर्न आग्रह गर्दा पनि नवीकरण नगरिदिएका एवं नवीकरणको रसिद काटेर पनि रकम फिर्ता गरी नवीकरण नगरिदिएकाहरुले आफुमाथि अन्याय भएको भनि केन्द्रमा पुनरावेदन गरेपछि नवीकरण र नयाँ सदस्यता प्राप्त गरेको विषयमा व्यक्तिगत प्रतिष्ठा बनाएर सवैको साझ संगठन महासंघलाई मुछ्न खोज्नु शोभनीय हुँदैन ।’

उनीहरुको अधिकार स्थापित गर्न अग्रसर हुनुपर्नेमा उल्टै पत्रकार महासंघलाई सानो चौघेराभित्र कैद गर्न खोज्ने खालको गतिविधि प्रति कुनै हालतमा सहमत नहुने विज्ञप्तिमा उल्लेख छ । प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन शाखाका अध्यक्ष क्रमश खगेन्द्र कार्की, गोपाल प्रसाद गुप्ता र श्रवणकुमार देवले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा आगामी चैत २५ गते हुन लागेको निर्वाचनमा सहभागी हुन सवै पत्रकार साथीहरुलाई आह्वान गरिएको छ ।

साथै निर्वाचनको लागि उचित वातावरण निर्माण गर्न महासंघ शाखा सप्तरीलाई आग्रह गर्दै महासंघ केन्द्रीय र प्रदेश समितिले गरेको कार्यप्रति धन्यवाद समेत ज्ञापन गरिएको छ ।

यो पनिः

पत्रकार महासंघले आफ्नै विधान मिचे, सप्तरी शाखा आन्दोलित

Author:



क्याटोगरी छान्‍नुहोस