कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम । पर्साको वीरगंज महानगरपालिका–१३ बाट कटुवा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नम्वर १४ का २७ वर्षीय दिपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय सनोज गुप्ता छन् । गस्तीमा खटिएको २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल बरामद गरिएको जनाएको छ । दुवै जनामािथ हात हतियार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस