कोइराला परिवार एक ठाउँमा हुनेछ : महामन्त्री कोइराला

इटहरी, १२ चैत । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा कोईराला परिवार एकै ठाउँमा हुने बताएका छन् । बिहिबार इटहरीमा गिरिजा प्रसाद कोईराला फाउण्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ को आयोजनामा ११औं स्मृतिमा आयोजित अन्तरपालिका फुटबल, निशुल्क स्वास्थ्य शिविर तथा फोटो प्रर्दशनिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अबको अध्यक्षमा डा. शेखर, सुजता वा आफुँमध्ये एक जना उठ्ने स्पष्ट गरे । उनले पार्टीमा तथा देशमा गिरिजा प्रसाद कोईरालाले गरेको योगदानको उच्च सम्मान गर्दै पार्टीलाई सहि दिशामा लग्नुपर्नेमा जोड दिए । फाउण्डेशनकी अध्यक्ष तथा पार्टीकी केन्द्रीय सदस्य सुजता कोईरालाले गिरिजा प्रसाद कोइरालाले द्वन्द्व र हिंसामा फसेका पार्टीलाई देशको मुलधारमा ल्याउन खेलेको भुमिकाको सदैव कदर गर्नुपर्ने बताईन् ।

उनले फाउण्डेशनको मुख्य आयोजनामा स्टिच्युट, रिसर्च सेन्टर खोल्ने योजना रहेको जानकारी पनि गराइन् । यसैगरी पार्टीका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले गिरिजा प्रसाद कोईरालाले माओवादीलाई द्वन्द्वको राजजनीति छोडेर मुलधारमा ल्याउन सफल भएको बताए ।

बिहिबारदेखि सुरु भएको फुटबल प्रतियोगिता चैत्र २१ गते सम्म सञ्चालन हुनेछ । खेलमा विभिन्न जिल्लाका ८ टिम सहभागीता रहेको विभागका अध्यक्ष सुर्य राईले बताए । प्रतियोगितामा विजेताले दुुई लाख र उपविजेताले १ लाख पुरस्कार पाउने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस