प्रदेश २ मा प्रतिबन्धित गाँजाको कारोबार बढ्दो

राजविराज, १३ चैत । प्रदेश २ मा लागुऔषधको कारोबार बढेको छ । पछिल्लो पटक गए राति मात्रै सप्तरीको बलान बिहुल गाउँपालिका–२ बाट ठुलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विओपी रामनगरबाट प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वमा खटिएको टोलीले तयार अवस्थामा रखेको १८ किलो गाँजा बरामद गरेको हो ।

चार/पाँच जनाको समूहले बोरामा प्याक गरेर नेपालबाट बलान नदीको बगर हुँदै भारततर्फ लैजाँदै गरेको सो गाँजा बरामद गरिएको छ । ती समूहले प्रहरीलाई देखेपछि गाँजा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको सो गाँजा आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई वुझाउने तयारी भइरहेको विओपी रामनगरका प्रहरी निरीक्षक खड्काले बताए ।

यसअघि गत मंगलवार पनि पर्साबाट १२ किलो गाजाँसहित एक महिला पक्राउ परेकी थिइन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–७ टेढा टोलबाट वडा नम्बर–४ का प्रभु मुखिया बिनकी ५० वर्षीया पत्नी मिना देवीलाई गरेको थियो । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस