प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । प्रदेश १ मा शुक्रवार मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद्मा केही नयाँ अनुहारलाई ल्याएका छन् भने केही राज्यमन्त्रीलाई फुल मन्त्रीको जिम्मेवारी दिएका छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा भएका छन् भने अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् ।

घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् भने राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ तथा गोपनीयताको शपद खुवाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस