मदिराको विज्ञापन गर्ने ९ पत्रिका र २ अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी

जनकपुरधाम । प्रेस काउन्सिल नेपालले जनस्वास्थ्यमा आघात पर्ने गरी मदिरा विज्ञापन गरेको भन्दै नौ वटा पत्रिका तथा दुई वटा अनलाइन सञ्चारमाध्यमलाई तत्काल संशोधन गर्न निर्देशन दिएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै विज्ञापनको भाषा र प्रस्तुति सुधार नगरी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

काउन्सिलले ‘मनाऔं होली रमेर…जता भए पनि’, होलीको शुभकामना, ह्याप्पी होली जस्ता भाषा, प्रस्तुति, वाक्य राखी छापा लगायतका सञ्चारमाध्यमबाट सम्प्रेषण भएको मदिरा सम्बन्धी विज्ञापनप्रति आपत्ती जनाएको हो ।

पत्रकार आचारसंहिताको खिलाफ गएर विज्ञापन छापेको भन्दै काउन्सिलले ‘क’ बर्गका पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँ पत्रिका, दि हिमालयन, नागरिक, दि काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट र नेपाल समाचारपत्र तथा अनलाइनखबर, ईकान्तिपुरजस्ता अनलाइन सञ्चारमाध्यममा होली लगायतका चाडपर्वमा मदिरा सेवन गर्ने खालको भाषा प्रयोग गरी विज्ञापन सम्प्रेषण गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस