राजविराज, १३ चैत । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक जनालाई चिकित्सकलाई निलम्बन गरिएको छ । अस्पताल प्रशासनले शुक्रवार सूचना जार्दै चिकित्सकको निलम्बनबारे जानकारी गराएको हो ।
अस्पतालमा कार्यरत डा.राजन जैशवाललाई निलम्बित गरिएको अस्पताल प्रशासनको सूचनामा छ । सूचनामा भनिएको छ, ‘डा.जैशवालले एक जना कुरुवा (विरामीलाई हेरचार गर्ने व्यक्ति) लाई अभद्र व्यवहार गरेको भनि आएको गुनासोका कारण शुक्रवारदेखि नै उनलाई पदबाट निलम्बन गरिएको छ ।’