विश्वमा बढ्दो कोरोना, थप छ लाखबढीमा संक्रमण

जनकपुरधाम, १४ चैत । कोरोना भाइरसको दोश्रो लहरले विश्वभर संक्रमण बढ्दो छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ६ लाख ३० हजारबढीमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ हजार ५५८ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ ।

विश्वभर संक्रमितको संख्या १२ करोड ६६ लाख ९३ हजार ६५३ पुगेको छ भने संक्रमणबाट २७ लाख ७९ हजार ७३ जनाको मृत्यु भएको तथ्यांक छ । कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा थप ७६ हजार ९७६ जना संक्रमण देखिएको छ भने थप १ हजार २८९ जनाको छ । यो समाचार तयार पर्दासम्म अमेरिकामा हालसम्म संक्रमितको संख्या ३ करोड ८ लाख ५३ हजार ३२ छ भने मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार १४२ पुगेको छ ।

यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा थप ८२ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ हजार ६ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म १ करोड २४ लाख ७ हजार २२३ जनामा संक्रमण देखिएको छ भने ३ लाख ७ हजार ३२६ जनाको मृत्यु भएको छ ।

उता, भारतमा पनि पछिल्लो २४ घण्टामा ६२ हजार २९१ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ८ हजार ३७३ पुगेको वल्र्डोमिटर्सले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २९२ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस