अब मिडियामाथि विभेद हुँदैनः अध्यक्ष यादव

राजविराज, १३ चैत । प्रदेश २ का आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अबदेखि यस प्रदेशका मिडियामाथि कुनै प्रकारको विभेद नहुने बताएका छन् । शुक्रवार सामुदायिक महिला विकास केन्द्र (स्वाडेक) , राजवराजले आयोजना गरेको ‘बधाई तथा शुभकामना समारोहलाई सम्वोधन गर्दै उनले संघबाट यस प्रदेशका मिडियामाथि विभेद हुँदै आएको बताए ।

उनले संघको विभेद आफुले पनि धेरै पटक महसूस गरिसकेको स्पष्ट गरे । ‘म पनि पत्रकारिताबाट यहाँसम्म आए र संघले यहाँका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई गर्ने विभेद म स्वयम महसुस गरेको छु’ उनले भने–‘तर अब त्यस्तो हुँदैन र यो कुराको अनुभुति यहाँका सञ्चारकर्मीहरु छिट्टै गर्छन् पनि ।’


सञ्चार क्षेत्र र सञ्चारकर्मीको सबलीकरण गर्ने दिशामा आफुहरु अघि बढिसकेको अध्यक्ष यादवले बताए । कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले पत्रकारिता क्षेत्रको विकासतर्फ आफुहरुले कार्य अघि बढाएको बताए । ‘पत्रकारिता क्षेत्रको विकासलागि हामीले यस प्रदेशमा पत्रकारिता अध्ययन–अध्यापन सुरु गर्न गृह कार्य भइरहेको छ’ उनले भने–‘तत्काललाई विश्वविद्यालय नै स्थापना गर्न नसकिए पनि कुनैसँग सहकार्य गरेर पठनपाठन सुरु गर्ने कुरा छ ।’

स्वडेककी अध्यक्ष मिरा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्षद्वयलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको छ ।

कार्यक्रममा स्वडेकका संस्थापक अध्यक्ष इन्द्रनारायण देव, सञ्चारकर्मीहरु धिरेन्द्र प्रसाद साह, महेश्वर भारती र श्रवण देव लगायतले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव संतोश कुमार यादवले गरेका थिए भने कार्यक्रममा मन्नुदेवी सारदाले स्वागत गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस