पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

जनकपुरधाम । नेपालमा स्थानीय र पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । जसको कारणले आज पनि तीन वटा प्रदेशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका पहाडी भू–भागका थेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस