वीरगंजमा थप आठ जनामा कोरोना संक्रमण

जनकपुरधाम । पर्साको वीरगंज महानगरपालिकामा थप ८ जनामा कोरोना संक्रमित फेला परेको छ । केही दिनयता भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिरहँदा नेपालका सीमावर्ती जिल्लाहरु पनि संक्रमित फेला पर्न थालेको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ ३८ जनाको पिसिआर परीक्षण गर्दा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताए ।

उनका अनुसार वीरगन्ज महानगरपालिका–८ का ५१ वर्षीय पुरुष, १० का २८ र ३८ वर्षीय पुरुष, १३ का २३ र २५ वर्षीय पुरुष र २५ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का २० वर्षीय पुरुष र ९ का ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिए ।

संक्रमितमध्ये एक जनाको नारायणी अस्पतालमै भर्ना गरिएको छ भने अन्य ७ जना होम आइशोलेसनमा छन् । यसअघि चैत ८ गते पनि नारायणी अस्पताला १० जनामा संक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस