कोशी यातायात प्रालिका सञ्चालक समिति सदस्यद्वयको पर्दाफास !

सुनसरी, २३ चैत । सुनसरी प्रहरीले कोशी यातायात प्रालि इटहरीका सञ्चालक समिति सदस्यद्वयको पर्दाफास गरेको छ । सवारी दुर्घटनापछि नक्कली चालक उपस्थित गराएर सक्कली चालकलाई भगाउने कार्यमा संलग्न रहेको आरोपमा विराटनगर–१२ का जीवन खनाल र ३३ बर्षीय नेत्र प्रसाद पाठकलाई पक्राउ गरेको हो ।

गत विहिवार (चैत्र १२ गते) कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उपचारको लागि विराट नरसिंङहोम लगिएको ईलाम –८ तिल्केनीका मेख बहादुर राईको शुक्रवार (चैत्र १३ गते) भएको थियो ।

ठक्कर दिएपछि फरार रहेका बसको चालकलाई प्रहरीले खोजी कार्य थाले । सोही क्रममा कोशी यातायात प्रालिका संचालक समितिका सदस्यद्वयले सिरहाको लहान–८ निवासी विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।

यता, जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीमाथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारेर उपस्थित गराएको जानकारी गराएसंगै सो बारे पर्दाफास भएको हो ।

झुक्याएर नक्कली चालक उपस्थित गराएको पाएपछी जीवन र नेत्र प्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भएर घटनालाई ढाकछोप गरि वास्तविक चालकलाई जोगाउन खोजेका छन् ।

उनीहरुमाथि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस